सुनसरीमा मूर्ति बिर्सजन गरेर फर्किएको ट्याक्टर पल्टियो, १७ जना घाइते

Janata Abhiyan बुधबार, भाद्र १६, २०७८

सुनसरीको बर्जु गाउँपालिकामा मूर्ति बिर्सजन गरेर फर्किएको ट्याक्टर दुर्घटना १७ जना घाइते भएका छन् । बर्जु गाउपालिका–५ भएको उक्त दुर्घटनामा अन्य ८ जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

बुधबार बिहान कृष्ण जन्माष्टमीको बिसर्जन पूजा गरी मूर्तिलाई बुढीखोलामा भसाएर फर्कने क्रममा दुर्घटना भएको हो । बर्जु गाउँपालिकाको भवनअगाडि अगाडि रहेको दुर्गा मन्दिर चौकमा उत्तरतर्फ मोड्ने क्रममा ट्याक्टर पल्टिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा रहेका कारण ट्याक्टर पल्टिएको हो ।

जसमा, १७ जना घाइते भएकोमा आठ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारको लागि विराटनगर लगिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्