बालिकालाई पटकपटक बलात्कार, गर्भपतन गराएपछि बाहिरियो घटना

जनता अभियान बुधबार, कार्तिक ३०, २०७९

बारा प्रहरीले जबरजस्ती करणी तथा गर्भपतन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका-५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेली रहेका छन्।

१७ वर्षीया बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको र गर्भपतन गराएको आरोपमा तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

श्यामले ललाइफकाई पटक/पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतनसमेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका-५ बेलहिया टोलस्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीमाथि जबरजस्ती करणी तथा गर्भपतन मुद्दामा जिल्ला अदालत बाराबाट चार दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्