पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

जनता अभियान बुधबार, कार्तिक ३०, २०७९

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो ।
नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरीमा सकिएको थियो। खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेका थिएनन्।
दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो। यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका छन् ।
यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरेका छन्। फुटबलर आवास लामिछानेले यो खेलबाटै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । दशरथ रंगशालामा भएको पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको ५७ मिनेटमा सेसेहाङ आङदम्बेको स्थानमा मैदान प्रवेश गर्दै उनले नेपालका लागि डेब्यु गरेका हुन् ।
उनी यही मैत्रीपूर्ण खेलका लागि पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । गत सिजन ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका कारण आवासलाई राष्ट्रिय टिममा राखिएको थियो । आवासले एपीएफ क्लबबाट ए डिभिजन लिग खेलेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्