जनता अभियान शुक्रबार, मंसिर ०२, २०७९
बेलायत पठाइदिन्छु भनि नगद ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलकबहादुर बस्नेत छन्।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो।
बस्नेत काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालक हुन्।
बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायत लगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभन देखाए पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको कार्यालयले जनाएङ्को छ।
अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
बस्नेतलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।