१५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

जनता अभियान आइतबार, मंसिर ०४, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरू गर्ने प्रयास भइरहेको बताएको छ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ आयोगले भनेको छ, ‘अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ।’

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्