मोरङ-५ मा स्वतन्त्र उम्मेदवार जोगीको अग्रता, ९८३ मतले अगाडि

जनता अभियान सोमबार, मंसिर ०५, २०७९

आइतबार भएको संसदीय निर्वाचनको मतगणना भइरहेको छ। मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम पनि जारी छ।

यस्तैमा, मोरङको क्षेत्र नम्बर ५ मा नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रकुमार मण्डल ‘जोगी’ ले अग्रता बनाएका छन्।

उनी ९८३ मतका साथ अगाडि छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जोगीले १५५३ मत ल्याएका छन्।

यस्तै, सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ५७० मत ल्याएका छन्।

नेकपा एमालेको साथ रहेका जनता समाजवादी पार्टी (जसपा) का राजकुमार यादवले २८६ हासिल गरेका छन्।

अघिल्लोपटक प्रतिनिधिसभामा यो क्षेत्रबाट मण्डलले जितेका थिए। नेकपा एमालेले टिकट नदिएपछि जोगी विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका थिए।

उनले दाबी गरेको क्षेत्रमा जसपासँग तालमेल गर्दै एमालेले यादवलाई उम्मेदवार बनाएको थियो। त्यसपछि जोगीले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्