१६४७ मत गन्दा शेखर कोइराला १८७ मतले अगाडि

जनता अभियान सोमबार, मंसिर ०५, २०७९

मोरङ क्षेत्र नम्बर ६ को मतगणना भइरहेको छ। सोमबार बेलुका नयाँ मतपरिणाम प्राप्त भएको छ।

जसअनुसार नेपाली कांग्रेसका शेखर कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्। उनी १८७ मतले अगाडि छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन्। पण्डितले ५३४ मत ल्याएका छन्।

अहिलेसम्म १६४७ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादवकुमार प्रधानले १९२ र राप्रपाका उम्मेदवार गोपाल क्षेत्रीले १०१ मत ल्याएका छन्।

कोइराला र पण्डितको यो दोस्रो पटकको चुनावी प्रतिस्पर्धा हो। यसअघि २०७४ सालको आम निर्वाचनमा पण्डितले ६ सय ७५ मतान्तरको जित निकाल्दै संघीय संसद प्रवेश गरेका थिए।

आइतबार प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो। एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ८२७ मत खसेको थियो।

मतगणना विराटनगरको आदर्श माविमा भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्