इंग्ल्याण्ड र इरानको सुरुआती ११ यस्तो

जनता अभियान सोमबार, मंसिर ०५, २०७९

फिफा विश्वकप फुटबलअन्तर्गत अबको केही बेरमा इंग्ल्यान्ड र इरानले खेल्दै छन्।

इंग्ल्यान्डले इरानसँग कतारको राजधानी दोहास्थित खलिफा इन्टरनेसनल स्टेडियममा खेल्दै छ।

इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ बजेबाट सुरू हुँदै छ।

इंग्ल्यान्ड सन् १९६६ को विश्वकप विजेता हो। त्यसबाहेक उसले १६औं पटक विश्वकपमा सहभागिता जनाउँदै छ।

इंग्ल्यान्ड युरोपियन छनोटअन्तर्गत समूह विजेताका रूपमा विश्वकपमा छनोट भएको हो।

विश्वकपका लागि मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी केनको कप्तानीमा टोलीको घोषणा गरिसकेका छन्।

उनको टिममा युवा टिम प्राथमिकतामा परेका छन्। यसपटकको विश्वकपमा इंग्ल्यान्डका नयाँ १३ खेलाडीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छन्।

कोनोर गालागर, जेम्स म्याडिसन, कालुम विल्सन, फिल फोडेनलगायत युवा खेलाडी टोलीमा समावेश छन्।

इरान भने कार्लोस क्युइरोजको नेतृत्वमा छ।

इरान छैटौंपटक विश्वकपमा सहभागिता जनाउँदै छ। उसले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन।

युरोकप २०२० को उपविजेता इंग्ल्यान्डले पछिल्ला पाँच खेलमा इरानविरुद्ध जित निकाल्न सकेको छैन। तर युवा खेलाडी सम्मिलित इंग्ल्यान्ड यस खेलमा इरानमाथि हावी हुने देखिएको छ।

इरान समूह ‘बी’ मा छ, यस समूहमा इंग्ल्यान्डका साथै अमेरिका र वेल्स पनि छन्।

यहाँ कमेन्ट गर्नुहोस्