काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालकाे जित सुनिश्चित

जनता अभियान बुधबार, मंसिर ०७, २०७९

काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ। ४ हजार २९१ मत गन्न बाँकी रहँदा शिशिर खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन्।

खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन्। गन्न बाँकी रहेको मत भन्दा मतान्तर बढी भएपछि घण्टीका खनालको मत निश्चित भएको हो।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्