सप्तरी-२ मा सिके राउतको जित सुनिश्चित

जनता अभियान बुधबार, मंसिर ०७, २०७९

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको जित सुनिश्चित भएको छ।

५६ हजार १४८ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १५ हजार ५ सय ५१ मतान्तरले पछि पार्दै राउत जित नजिक पुगेका हुन्।

खसेको ६४ हजार ५६० मत मध्ये राउतले ३० हजार ६६९ मत ल्याएका छन्। यादवले भने १५ हजार १५८ मत प्राप्त गरेका छन्।

पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६ हजार १ सय ११ मत मात्र प्राप्त गरेका छन्।

मतगणना अहिले जारी छ।

यहाँ कमेन्ट गर्नुहोस्