सुनसरी क्षेत्र नम्बर ४ मा पछि परे सञ्चारमन्त्री कार्की

जनता अभियान बुधबार, मंसिर ०७, २०७९

सुनसरि क्षेत्र नम्बर ४ मा सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन्।

कार्कीलाई एमालेका जगदीशप्रसाद कुसियैतले ६१९ मतले पछि पारेका हुन्। कुसियैतले ५५६८ मत ल्याएका छन् भने कार्कीले ४९४९ मत पाएका छन्।

कार्की भोजपुरबाट सुनसरी-४ मा झरेर २०७४ सालमा प्रतिनिधिसभा चुनाव लड्द विजयी भएका थिए।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ ७५९ मतसाथ तेस्रो स्थानमा छन्।

यहाँ कमेन्ट गर्नुहोस्