जनता अभियान बिहिबार, मंसिर ०८, २०७९
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी नेतृ भगवती चौधरीले आफ्नो अग्रता कायम राखेकी छिन्।
उक्त क्षेत्रमा दुई पटक चौधरीलाई पराजित गरेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार तेस्रो स्थानमा छन्।
पहिलो स्थानमा रहेकी चौधरी तेस्रो स्थानमा रहेका गच्छदारबीच १५७८ मतको मतान्तर छ।
चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पछ्याइरहेका छन्। चौधरीले ३६८८ मत पाउँदा गच्छदारले २११० मत पाएका छन्।
चौधरीलाई पछ्याइरहेका घन्टीका मैनालीको ३२०४ मत छ। यो बुधबार राति साढे १० बजेको ताजा मतपरिणाम हो।
मैनालीभन्दा गच्छदार १०९४ मतले पछि परेका छन्।
सुनसरी ३ मा यसअघि भएका निर्वाचनमा गच्छदारले धाँदली गरेको आरोप चौधरीले लगाउँदै आएकी छिन्।
यहाँ कमेन्ट गर्नुहोस्