रुपन्देही-५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी

जनता अभियान बिहिबार, मंसिर ०८, २०७९

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उनी विजयी भएका हुने। गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गरेका छन्।

खानले ११ हजार छ सय ५१ मत ल्याएको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिए।

प्रतिनिधिसभाको मतगणना सकिएपछि आधिकारिक घोषणा हुने उनको भनाइ छ। यस क्षेत्रको प्रदेशसभातर्फ ५(१)  मा नेकपा (एमाले) का नेता तथा पूर्वसांसद भूमिश्वर ढकालले फराकिलो अन्तर बताएका छन्।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अगाडि छन्। कांग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा छन्।

यहाँ कमेन्ट गर्नुहोस्