जुम्लामा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही दोब्बर मतले निर्वाचित

जनता अभियान बिहिबार, मंसिर ०८, २०७९

एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही भारी मतान्तरले निर्वाचित भएका छन्।

शाहीले सत्ता गठबन्धनकी उम्मेदवारलाई दोब्बर मतले पराजित गरेका हुन्।

बिहीबार बिहान राति प्राप्त अन्तिम परिणामअनुसार शाही २२ हजार ८२९ मत ल्याएर निर्वाचित भएका हुन्।

शाहीकी प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी गोमा कुँवरले ११ हजार ९५९ मत पाइन्।

नेकपा एमालेले जम्मा ६ हजार ५२८ मत ल्याएको छ।

शाही राप्रपा प्रवक्ता हुन्। ‘नेपालका लागि नेपाली अभियान’को संयोजक हुँदै शाही गत वर्ष मात्रै राप्रपामा प्रवेश गरेका थिए। शाही भ्रष्टाचारविरोधी अभियन्ता हुन्।

यहाँ कमेन्ट गर्नुहोस्