जनता अभियान शुक्रबार, मंसिर ०९, २०७९
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले नेकपा एमालेका उम्मेदवारसँग फराकिलो अग्रता बनाएका छन्।
शुक्रबार बिहानका राति १ बजेतिरको मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार कोइरालाले १० हजार ६७१ मतान्तरको अग्रता बनाएका हुन्।
कोइरालाले २८ हजार ९२५ मत ल्याएका छन्। एमाले उम्मेदवार लालबाबु पण्डितले १९ हजार ४२९ मत पाएका छन्।
कोइरालाले ३० हजार ८१५ मत पाउँदा एमालेका लालबाबु पण्डितले २० हजार १४४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले आठ हजार १८३ मत ल्याएका छन्।
कोइराला २०७४ सालको निर्वाचनमा सोही क्षेत्रमा एमाले उम्मेदवार पण्डितसँग ६७५ मतले पराजित भएका थिए।
कोइराला २०६४ सालको संविधानसभा उपनिर्वाचन र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।
संविधान जारी भएपछिको प्रतिनिधिसभा निर्वाचनमा भने उनले पराजय भोगेका थिए।
आइतबार भएको मतदानमा यो क्षेत्रमा ८५ हजार ८२७ मत खसेको थियो। सोमबार दिउँसोदेखि विराटनगरको आदर्श माविमा मतगणना थालिएको थियो।