जनता अभियान शुक्रबार, मंसिर ०९, २०७९
सिराहा ४ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार डा. वीरेन्द्रप्रसाद महतो निर्वाचित भएका छन्।
महतोले २४ हजार १०२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याएका छन्। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक सांसद् बनेका थिए।
यस क्षेत्रबाट गठबन्धनका एकीकृत समाजवादी पार्टीका उम्मेदवार धर्मनाथ प्रसाद साह तेस्रो भएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्