हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै नाराबाजी, इलाम-२ मा मतगणना स्थगित

जनता अभियान शनिबार, मंसिर १०, २०७९

इलाम क्षेत्र नम्बर-२ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेपछि मतगणना स्थगित भएको छ।

निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ४० मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेस पक्षधरले नाराबाजी गरेका कारण शनिबार दिउँसोदेखि नै मतगणना स्थगित भएको हो।

यस क्षेत्रमा नेकपा एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच मुख्य प्रतिस्पर्धा छ।

मतगणना स्थगित हुनुअघि नेम्वाङले अग्रता बनाएका थिए। अब, इलाम नगरपालिका वडा नम्बर १ को करिब ६०० मत गणना गर्न बाँकी छ।

अहिले उम्मेदवार र उनीहरूका प्रतिनिधिसहित निर्वाचन अधिकृत सर्वदलीय बैठकमा बसेका छन्। बैठकले निर्णय भएपछि पुन: मतगणना सुरु हुने बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्