कप्तानगंज सशस्त्र प्ररहरी द्धारा अवैध समान बरामाद

Janata Abhiyan आइतबार, भाद्र २७, २०७८

चन्दन मेहता
२७भदौ २०७८, आईतवार
सुनसरी, देवानगंज । नेपाल सरकारको मापदण्ड विपरित अवैध रुपमा सुनसरीका विभिन्न नाकाबाट नेपाल भित्रिने भारतीय तरकारी को कारोबारमा अंकुश लगाउन सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी तम्सिएको छ ।

सुनसरीको देवानगंज गाउँपालिकामा भन्सार छलेर तरकारी तथा फलफुल ल्याउँदै गरेको २लाख ८०हजार बरावरको सिम्ला मिर्ची र खाद्यान्न समानहरू लाई सशस्त्र प्रहरीले बरामत गरेको छ।

भारतको विभिन्न स्थानमा उत्पादन भई मानव स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थको प्रयोग गरि अवैध रुपमा नेपाली बजार क्षेत्रमा बेचबिखनका लागि लामो समय अघिदेखि भारतीय तरकारी तथा फलफुल आउन थालेपछि सुनसरीको विभिन्न सीमाक्षेत्रमा खटिरहेका सशस्त्र प्रहरीले सो कारोबारलाई अंकुश लगाउने अभियानलाई तीव्रता दिएका छन् ।
सो अभियानअन्तर्गत आईतबार भन्सार छलेर अटो मा सिम्ला मिर्ची ल्याउँदै गर्दा सशस्त्र प्रहरीले कारवाही गर्दा ठूलो परिमाणको अवैध सिम्ला मिर्ची छाडी अटो चालक फरार भएका थिए ।

अटो चालक सशस्त्र प्रहरी देखेपछि भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । देवानगंज–३ बाट सशस्त्र प्रहरी कप्तानगंजले भन्सार छलेर ल्याउँदै गरेको सिम्ला मिर्ची र नेपाल बाट लुकाई छिपाई भारतीय नं पलेट को मोटर साईकलमा ११५लिटर डिजल बरामद गरेको र थप कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको । कप्तानगंज सशस्त्र प्रहरी बलका प्रमुख भुपेन्द्र बस्नेतले जनाकरी दिनुभयो ।

भारतबाट अवैध रुपमा गुणस्तरहीन तरकारी तथा फलफुल बिसाधि चेकजांच नगरी ल्याई नेपाली बजारमा बेचबिखन गर्ने गरेको सशस्त्र प्रहरीको भनाइ छ । सुनसरीका विभिन्न नाका हुँदै अवैध रुपमा भारतीय तरकारी तथा फलफुल भन्सार छली गरेर ल्याउने गिरोह नै सक्रिय भएको खबर पाएपछि सशस्त्र प्रहरीलेनिगरानी बढाएपछि आईतबार सशस्त्र प्रहरीलाई त्यो परिमाणको तरकारी र डिजल फेला परेको हो । कप्तानगंज सशस्त्र प्रहरी बलका प्रमुख भुपेन्द्र बस्नेतले जनाकरी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्