जनता अभियान मंगलबार, मंसिर २७, २०७९
सप्तरी प्रहरीले युरिया मलको कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका-१० दिघवाका १९ वर्षीय राजकुमार दास रहेका छन्।
उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सप्तरीमा उपस्थित गराएर अनुसन्धानका लागि सात दिनको म्याद थपिएको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार दासले आफ्नो किराना पसलमा युरिया मल भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा विक्री गर्ने गरेका थिए।
उनको पसलमा खानतलासी गर्दा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ति मल लेखिएको युरिया मल भेटिएको डिएसपी सिंहले जनाए। उनका अनुसार ५० केजीको युरिया मल ३५ बोरा भेटिएको थियो।
यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए।
यहाँ कमेन्ट गर्नुहोस्