जनता अभियान सोमबार, पुष ११, २०७९
नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शपथ ग्रहण कार्यक्रम चलिरहँदा नै कार्यक्रम स्थलबाट बाहिरिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा नयाँ गठन भएको मन्त्रीपरिषद्का सदस्यहरूको शपथ नसकिँदै उनी हिँडेका हुन्। प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले शपथ लिइसकेलगत्तै देउवा बधाई दिएर हिँडेका हुन्।
यसअघि प्रधानमन्त्री प्रचण्डको शपथग्रहणमा सहभागी नहुने भनेका देउवा अन्तिममा कार्यक्रममा सहभागी भए पनि कार्यक्रमको बिचबाटै बाहिरिएका हुन्।
यहाँ कमेन्ट गर्नुहोस्