मधेश प्रदेशमा एमाले दलको नेतामा यादव सर्वसम्मत चयन

जनता अभियान बुधबार, पुष २०, २०७९

मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्।

मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो। मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो।

आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिएका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, शारदादेवी थापा हरिनारायण महतो, राजकुमार लेखीलगायत दाबेदार थिए। मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन्।

यहाँ कमेन्ट गर्नुहोस्