मन्त्रालय छोडेर जाँदा मोटरसाइकल चढेर बिदा भए केदार कार्की

विनोद मेहता सोमबार, पुष २५, २०७९

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन्। मन्त्रालयमा सोमबार बिदाई कार्यक्रम आयोजना गरिएको थियो।

मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गरे।

‘जनताले दिएको म्यान्डेडअनुसार हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गर्‍यौं,’ उनले भने।

कार्कीले संघीयता कार्यान्वयनको लागि कतिपय अधिकार केन्द्रबाट प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ हुँदा समस्या भएको बताए।

बिदा हुने क्रममा कार्कीले आफू चढ्दै गरेको सवारीसाधन मन्त्रालयमै जिम्मा लगाए।

आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गरे।

मन्त्रालयका कर्मचारीले गाडीमै बसेर जान आग्रह गरिहेका थिए। तर, कार्कीले मानेनन्। त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट बिदा भए।

यहाँ कमेन्ट गर्नुहोस्