जनता अभियान मंगलबार, पुष २६, २०७९
वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन्।
पछिल्लो समय लस एन्जलस एफसीबाट व्यावसायिक फुटबल खेल्दै आएका बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।
बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले वेल्सका लागि १११ खेल खेल्दा ४० गोल गरेका छन्।
साउथह्याम्पटनबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका बेलले इंग्लिस क्लब टोटनह्याम हटस्पर र स्पेनको रियल मड्रिडबाट खेलेका थिए।
रियल मड्रिडबाट उनले पाँच पटक च्याम्पियन्स लिग जितेका थिए।
हालै सम्पन्न कतार विश्वकपमा बेलले कप्तानका रूपमा वेल्सको नेतृत्व गरेका थिए।
यहाँ कमेन्ट गर्नुहोस्