प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

जनता अभियान शुक्रबार, पुष २९, २०७९

देश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा उनले ५९ सांसदको मत पाएका हुन्।

मुख्यमन्त्री कार्कीले सदनमा राखेको प्रस्तावको पक्षमा ५९ प्रदेशसभा सांसदले मत दिए।

कांग्रेस र नेकपा एकीकृत समाजवादीका ३२ प्रदेश सांसदहरूले भने मुख्यमन्त्रीले सदनमा राखेको प्रस्तावको विपक्षमा मत दिए।

कांग्रेसका सांसद प्रदीपकुमार सुनुवार भने अनुपस्थित रहेका थिए।

कार्कीले नेपालको संविधान २०७२ को धारा १६८(४) तथा प्रदेशसभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत मागेका थिए।

झापा ५ (क) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका कार्की प्रदेशसभाका ६० जना सदस्यको समर्थनमा पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनी नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाका ६ र जसपाका १ गरी ५९ सांसदको समर्थनमा छ। ५९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

पहिलोपटक मन्त्रीमण्डल गठन गर्दा नेकपा माओवादीलाई समेट्न नसकेका कार्कीले शुक्रबारमात्रै सत्ता साझेदार दल माओवादीका दुई सांसदलाई मन्त्री बनाएका थिए। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्वाइँ जीवन आचार्य र दुर्गाप्रसाद चापागाईं बिनाविभागीय मन्त्री बनेका हुन्।

यस्तै, आज एमालेका बुद्धिकुमार राजभण्डारीले पनि मन्त्रीका रूपमा सपथ लिए। त्यसअघि उनले पुस २५ गते नै एमालेका तिलककुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बु, राप्रपाका भक्तिप्रसाद सिटौलालाई मन्त्री बनाएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्