कोदो र फापरको न्यूनतम मूल्य तोकियो

जनता अभियान मंगलबार, माघ ०३, २०७९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेकोे छ।

गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ४५ र  फापरको प्रतिकेजी रु ८० निर्धारण गरेको हो।

गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ।

गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए। उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ।

यहाँ कमेन्ट गर्नुहोस्