टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण आजदेखि सुरु हुँदै

जनता अभियान मंगलबार, माघ ०३, २०७९

 नेपाली मौलिक लोकसंगीतको पहिलो टेलिभिजन रियालिटी शो ‘हिमालय लोकस्टार’को प्रसारण आजदेखि हुने भएको छ ।

हिमालय टेलिभिजनमा मंगलबार र बुधबार राति ८ बजेदेखि कार्यक्रम प्रसाराण हुने जनाइएको छ । आगामी ६ एपिसोडसम्म अडिसन राउण्ड सञ्चालन हुनेछ । अडिसन चरणमा ८० जना सहभागीको प्रतिस्पर्धा हुँदैछ । त्यसपछिका दुई एपिसोडमा हुने मेगा अडिसनबाट उत्कृष्ट २५ जना छनोट हुनेछन् । त्यसबाट अन्तिम २० हुँदै फाइनलमा पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रम प्रस्तोताको रुपमा पूर्वमिस नेपाल वल्र्ड नम्रता श्रेष्ठ र गायक प्रकाश सपुत हुनेछन । फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्ने रियालिटी शोमा वरिष्ठ लोकगायक कुमार बस्नेत महाजजको रुपमा हुनेछन् । जजको रुपमा चाहिं कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र रामजी खाँण हुनेछन । महाजज बस्नेतलाई मेगा अडिसन राउण्डबाट मात्रै देख्न पाइने भएको छ । अडिसन राउण्डमा तीन जजले मूल्यांकन गर्नेछन ।

‘लोकगीतलाई प्राथमिकता दिएर प्रतिस्पर्धा हुनेछ । चार वर्ण छत्तीस जातको साझा फूलबारी जो भनिएको छ, यो विविधताको चित्रण हुने गरेर कार्यक्रम हुनेछ । शोका विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार पाउने घोषणा यसअघि नै भइसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्