जनता अभियान बुधबार, माघ ०४, २०७९
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्।
भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ।
सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै अन्य १२ सय घरधनीलाई कर तिर्न नोटिस पठाएको हो। सिन्नरको आडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउनको लागि जग्गा किनेकी थिइन्। जसको एक वर्षको कर करिब २२ हजार रुपैयाँ हुन्छ। सार्वजनिक नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्