जनता अभियान बुधबार, माघ ०४, २०७९
प्रदेश १ बाट सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने ५ जना मन्त्री मध्ये भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी उनी तेस्रो प्रयासमा नेपाली काँग्रेसका विजय कुमार गच्छदारलाई पराजित गर्न सफल भइन् । गच्छदार लामो समय सरकारमा रहँदा केही काम गर्न नसकेको आरोप लगाउँदै निर्वाचनमा होमिएकी चौधरीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । सुनसरीको सीमावर्ती क्षेत्रका धेरै महिला अझै शिक्षाको पहुँच बाट बाहिर रहेको र दाइजोको कारण हिंसामा परिरहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्