जनता अभियान बिहिबार, माघ ०५, २०७९
दक्षिणी अभिनेत्री अमला पललाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै उजुरी दिएकी छन् ।
उनले मन्दिर प्रवेश गर्न नपाएपछि तिरुवैरानिकुलम मन्दिरमा भेदभाव गरेको भन्दै आगन्तुक पुस्तिकामा उजुरी दर्ता गरेकी हुन । केरलाको तिरुवैरानिकुलम महादेव मन्दिर दर्शन गर्न पुगेकी उनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो । त्यसपछि अमलाले आगन्तुक पुस्तिकामा आफूलाई धार्मिक आधारमा भेदभाव भएको गुनासो लेखेकी छन ।
अमलाले पुस्तकमा लेखेकी छन्, ‘सन् २०२३ मा पनि धार्मिक विभेद कायम रहनु दुःखद र निराशाजनक छ, देवीलाई देख्न सकिनँ तर टाढाबाट महसुस गर्न सकिनँ। धार्मिक भेदभावमा छिट्टै परिवर्तन हुनेछ भन्ने आशा छ। एक समय आउनेछ जब हामी सबैलाई धर्मको आधारमा नभई समान व्यवहार गरिनेछ ।’
खबर सार्वजनिक भएपछि तिरुवैरानिकुलम मन्दिर प्रशासनमाथि प्रश्न उठेको छ । मन्दिरका अधिकारीहरूले उनीहरूले प्रोटोकलको पालना मात्र गरेको बताएका छन ।