जनता अभियान शनिबार, माघ ०७, २०७९
प्रदेश १ मन्त्रीपरिषद् बैठकले ९ वटा मन्त्रालय तोकेको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको हो । ९ वटा मन्त्रालय पनि बैठकले तोकेको छ ।
प्रदेश सरकारका प्रवक्ता विना विभागिय मन्त्री भक्तीप्रसाद सिटौलाका अनुसार प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहनेछ ।
यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय खारेज भएको छ ।
मन्त्रालयहरुको नाम टुंगो लागेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको कार्यविभाजन पनि तोक्ने तयारी गरेका छन् ।
आजको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी तत्कालको लागि भक्तिप्रसाद सिटौलालाई दिने निर्णय गरेको छ ।