उम्मेदवारी दर्तापछि रानामगरले भनिन्,‘नागरिकको पक्षमा काम गर्छु’

जनता अभियान शनिबार, माघ ०७, २०७९

सत्तारुढ गठबन्धनबाट उपसभामुख पदकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।

उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि उनले नागरिकको पक्षमा काम गर्ने बताएका हुन् ।

आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई  नागरिकको पक्षमा काम गर्ने जिम्मेवारी दिन लागेको बताइन् ।

कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी उनले भनिन्,‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’

यहाँ कमेन्ट गर्नुहोस्