जनता अभियान शनिबार, माघ ०७, २०७९
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री पदले राज्यको भार नथपिएको बताएका छन् ।
उनले दलीय सहमतिअनुसार उपप्रधानमन्त्री थपिए पनि भार नथपिने बताए । उनले सुरक्षा कटौतिसमेत आफूले गरेको भन्दै उपप्रधानमन्त्री हटाउनपरे आफ्नो नाम पहिलो नम्बरमा काट्ने बताए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सुरुमा जसरी सत्ताको समीकरण बन्दैगर्दा दलहरू पनि थपिँदै गए ।
जसका कारण उपप्रधानमन्त्री थपिएका हुन्। सबै जनाको हटाउने भए पहिले मेरोबाट हटाइदिए पनि केहि फरक पर्दैन। यो एउटा अभ्यास हो। यसले एकदमै ठूलो भार पर्दैन।’उनले उपप्रधानमन्त्री थपिएको र यसले राज्यलाई थप भार पार्ने भन्दा एउटा प्रोटोगलका रूपमा आएको स्पष्टीकरण दिए।
यहाँ कमेन्ट गर्नुहोस्