भारतका धनाढ्य मुकेश अम्बानीका छोराले गरे दोस्रो पटक इन्गेजमेन्ट

जनता अभियान शनिबार, माघ ०७, २०७९

मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले दोस्रो पटक इन्गेजमेन्ट गरेका छन् ।

उनले तीन साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए । उनीहरूको राजेस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो। बिहीबार उनीहरूले अम्बानी हाउसमा भव्य पार्टी दिँदै औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरूले गुजराती र हिन्दु परम्पराअनुसार इन्गेजमेन्ट गरेका छन्। अनन्त र राधिकाको इन्गेजमेन्टको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्।

यहाँ कमेन्ट गर्नुहोस्