प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

जनता अभियान आइतबार, माघ ०८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो ।

प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्