प्रेमप्रसाद आचार्यको आत्मदाहको ठूलो कारण राज्य होः बालेन

विनोद मेहता बुधबार, माघ ११, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इलामका प्रेमप्रसाद आचार्यको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले आचार्यको निधनलाई राज्यको असफलतासँग जोडेका छन । मंगलबार दिउँसो संसद् भवनअगाडि आफैलाई आगो लगाएका इलामका आचार्यको आज विहान निधन भएको छ । आचार्यको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै मेयर बालेनले आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन् । आचार्य निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले आत्मदाहका धेरै कारण र संकेतहरु भएपनि ठूलो कारण राज्य भएको मेयर शाहले बताएका छन् ।

बालेनले लेखेका छन, ‘त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान तर सबै भन्दा ठुलो कारण राज्य हो, र सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्
एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । रसबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमाउनको निराशामाउनको सहयोगको याचनामाउनको सुरक्षामाउनको उद्दारमाउनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्कानिकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमाजनप्रतिनिधीकारुपमासत्ताका अगुवाकारुपमासञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छके कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।

एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगर क्षेत्रको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

यहाँ कमेन्ट गर्नुहोस्