जनता अभियान बुधबार, माघ ११, २०७९
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले वर्तमान गृहमन्त्री रवि लामिछानेबाट देशको कानुन मिचिएको बताएका छन ।
सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले त्यस्तो बताएका हुन् । धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने व्यवस्था संविधानमा गरिएको उनले स्मरण गराएका छन् । गृहमन्त्री लामिछानेले निमित्त पात्र भएर सो संवैधानिक व्यवस्थामा प्वाल पारेको उनले आरोप लगाएका छन् ।
नेता रावलले लेखेका छन, “संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निस्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवसथा गरिएको हो । गृहमन्त्री रवि लामिछानेजी निमित्र पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ ।”
यहाँ कमेन्ट गर्नुहोस्