माओवादीको स्थायी समिति बैठक बस्दै

जनता अभियान बिहिबार, माघ १२, २०७९

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।

केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफल पनि बैठकको एजेण्डा भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्