कप्तानगंजको दुर्गा मेलामा दुर्गाचलितर नाटक हुने

अर्चना शर्मा बिहिबार, आश्विन २१, २०७८

देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नं। ४ कप्तानगञ्जमा नव निर्मित दुर्गा मन्दिरको उद्घाटन कार्यक्रम बुधवार सम्पन्न भएको छ । प्रतिनिधी सभा क्षेत्र र प्रदेश सभा क्षेत्र विकास कोषबाट ३५ लाख १० हजार , देवानगञ्ज गाउँपालिकाबाट ४० लाख र र वडा कार्यालयबाट १९ लाख गरि जम्मा ९४ लाखको लागतमा निमार्ण कार्य सम्पन्न भएको हो ।
प्रतिनिधी सभा सदस्य सिताराम मेहताको प्रमुख आतिथियतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका नेता राजीव कोईराला, प्रदेश सभा सदस्य ज्योती सुब्बा, प्रदेश सभा सदस्य ताहिर अंसारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, गाउँपालिका उपाध्यक्ष पुनिता देवी यादव, वडा अध्यक्षहरु मजलुम अंसारी,देवनारायण मेहता,अशोक यादव, प्रशासकीय अधिकृत चुडामणी गुरागाई, ईलाका प्रहरी कार्यालय प्रमुख बद्री दाहाल, देवानगञ्ज गाउँपालिकाको कुशवाहा कलयाण समाजको अध्यक्ष बिद्यानन्द मेहता लगायत विभिन्न पार्टी आवद्ध ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्देश्वर मेहताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य कोइरालाले सो ठाउँ पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । यस ठाउँलाई हामी सबैले मिलेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधी सभाका सदस्य मेहताले धार्मिक स्थलहरु लगायत अन्य विकास निमार्णमा मैले स्थानीयहरु सँग गरेको प्रतिवद्धतामा लगभग ७० प्रतिशत काम सम्पन्न गरिसकेको ठोकुवा समेत गर्नुभयो ।
घटस्थापना देखि पूर्णिमासम्म विभिन्न धार्मिक प्रवचन धार्मिक नाटक कुस्ती रमाइलो मेला लगायत विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरिएकोे मेला समितीका अध्यक्ष खेलान्द यादवले जानकारी दिनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्