बाबुराम मुडियारी बिहिबार, माघ १९, २०७९

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीको तेस्रो अधिबेशन माघ १७ गते शनिवार बेलबारीमा सम्पन्न भएको छ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष( कुमार बोखिम लिम्बु उपाध्यक्ष ( केशब थापा मगर, मिनु राई, लक्ष्मी नारायण चौधरी सचिब ( सिता तामाङ सहसचिब ( सुशीला भुजेल, प्रभाकर राजवंशी, गंगामाया सुनुवार कोषाध्यक्ष ( तिलबहादुर श्रेष्ठ सदस्य ( लोक बहादुर माझी, रामदेव उराव, मञ्जु मुर्मू , गीता देवी दनुवार ,रूकमणी धिमाल ,सवैसहम चयन गरेको छ।
यसैगरी अधिवेशनले लेखा संयोजकमा दुर्गा याख्खालाई पनि चयन गरेको थियो । नेपाल आदिबासि जनजाति महासंघ नगर समन्वय परिषद बेलबारिको तेश्रो अधिवेशन नगर अध्यक्ष तिलक राईको सभापतित्वमा, नगर प्रमुख डिपि राई प्रमुख आतिथ्यमा, विशिष्ट अतिथि ने,आ जनजाति महासंघ जिल्ला समन्वय परिषद मोरङका अध्यक्ष दिल बहादुर थेवे लगाएतको आथित्यतामा सम्पन्न भएको थियो।