समाजवादी विद्यार्थी यूनियनको अन्तरक्रिया कार्यक्रम सम्पन्न्

विनोद मेहता बिहिबार, माघ १९, २०७९

विराटनगर । विराटनगर महेन्द्रमोरङ आदर्श बहुमुखि क्याम्पसमा समाजवादी विद्यार्थी यूनियन द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न् साथै समिति बिस्तार गरेको छ ।
आउदो स्व।वि।यु निर्वाचन लक्षित अन्तरक्रिया कार्यक्रम्मको अध्यक्षता राकेश कुमार यादवद्वारा गरिएको हो ।

कार्यक्रममा समाजवादीका केन्द्र कमिटिको उपमहासचिव महेश यादव, जिल्ला कमिटिको सदस्य राकेश रोशन यादव, दिपेन्द्र यादव मैथिल,बैजनाथ भनवारी,अरविन्द मंडल लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

निर्वाचन लक्षित अन्तरक्रिया कायक्रममा क्याम्पस इकाइ कमिटिले आउँदो निर्वाचनमा आफनो रणनीति तर्जुमा गर्नुका साथै आगामि दिनहरुमा गरिने क्रियाकलाप वारे छलफल गरेको अध्यक्ष राकेश यादवले बताएका छन् ।

 

यस अघि महेन्द्रमोरङको व्यथिति र विसंगतीलाई निराकरण गर्न र विद्यार्थीका हकहितका लागि अन्य विद्यार्थी युनियनका साथ–साथै समाजवादी विद्यार्थी युनियनको पनि महत्वपूर्ण भुमिका रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्