रास्वपाका निवर्तमान तीन मन्त्रीले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

जनता अभियान सोमबार, माघ २३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

आज केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो । पत्रकार सम्मेलन स्थगित गर्नुको कारण भने खुलाइएको छैन । श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार नै रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्