जनता अभियान बुधबार, माघ २५, २०७९

२०६२/०६३ सालको जनआन्दोलनमा सडक प्रदर्शनको नेतृत्व गर्नेमा अहिलेका नेताहरु गगन थापा, रामकुमारी झाँक्री, प्रदीप पौडेल लगायत थिए ।
त्यतिबेला थापा र पौडेल नेपाल विद्यार्थी संघमा र झाँक्री अनेरास्ववियुमा थिए । पार्टीको नेतृत्व तहमा पुगिसकेका यी तीन नेता बुधबार लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ कार्यक्रममा सँगै भेटिए ।
तीनै जनाले विगतको संघर्षको उपलब्धिको नागरिकले अनुभूति गर्न नपाएको स्वीकार गरे । त्यसै कारण गत निर्वाचनमा मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्लेख्य मत दिए । तर उक्त दलले पनि पुरानै दलको जस्तो व्यवहार देखाएको कांग्रेस महामन्त्री थापाले टिप्पणी गरे । उनले नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि प्रश्न गर्नुपर्ने र उसले जवाफ दिनुपर्ने बताए ।
यहाँ कमेन्ट गर्नुहोस्