मुख्यमन्त्री कार्कीको एक महिना : मुख्य जिम्मेवारी आफैंसँग, फेरि मन्त्रालय थप्ने चर्चा

जनता अभियान बिहिबार, माघ २६, २०७९

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिम्मेवारी सम्हालेको एक महिना भयो । यो एक महिनामा दुई पटक सरकार विस्तार गरेका उनले मुख्य दुई मन्त्रालय आफू मातहत राखेका छन् । सात सदस्यीय मन्त्रिपरिषद्ले एक महिनामा कामको गती समात्न सकेको छैन ।

गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २५ गते जिम्मेवारी सम्हाले । पहिलो निर्णय मन्त्रालय संख्या १३ बाट घटाएर ९ बनाउने निर्णय गरे ।

२५ गते एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका उनले पुस २९ गते माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र एमालेबाट वुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरे ।

नियुक्ति गर्दा जिम्मेवारी नदिएका कार्कीले माघ ६ गते मन्त्रीहरुको जिम्मेवारी तोके ।जिम्मेवारी तोक्दा आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफू मातहत राखे ।

यहाँ कमेन्ट गर्नुहोस्