जनता अभियान बिहिबार, माघ २६, २०७९

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । तर, बैठकको समय भने निश्चित हुन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् ।
यहाँ कमेन्ट गर्नुहोस्