जनता अभियान शुक्रबार, माघ २७, २०७९

‘भ्यालेन्टाइन डे’को पूर्वसन्ध्यामा सरकारले विदेशबाट फ्रेस गुलाबको फूल ल्याउन रोक लगाएको छ । कृषि मन्त्रालयले एक सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो ।
बिहीबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मातहतका नाका कार्यालयहरुलाई आयात अनुमति जारी नगर्न भनेको हो ।
यो सूचनासँगै पूर्वको काँकडभिट्टादेखि पश्चिमको गड्डा चौकी र उत्तरका कुनै पनि निकाबाट गुलाब आयात गर्न पाइने छैन । ‘केन्द्र मातहतका सबै कार्यलयहरुबाट विशेष कारणले अर्को व्यवस्थमा नभएसम्म गुलाबको फूल आयात अनुमति जारी नगर्न हुन अनुरोध गरिन्छ।’ परिपत्रमा भनिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्