राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्छः राउत

जनता अभियान शनिबार, माघ २८, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरूलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका हुन् ।उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए ।

उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए ।प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने रु सुरक्षा नीति के हुने ?

लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने बताए ।उनले प्रविधिहरूको प्रयोग गर्दै गर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्