८८८ करोड कमाउँदै पठानले बनायो बलिउडमा नयाँ रेकर्ड शनिबार, माघ २८, २०७९

शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ ।
उक्त फिल्मलाई समिक्षकहरुले ४.५ स्टारसम्म दिदैँ ब्ल्कबस्टर सिनेमा भनेका छन । बाइकट बलिउड बिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ ।
यहाँ कमेन्ट गर्नुहोस्