जनता अभियान मंगलबार, फाल्गुण ०२, २०७९
स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन्।
मटिहानी नगरपालिका-८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यसरी पक्राउ पर्नेमा मटिहानी-८ का २९ वर्षका महेश यादव रहेका छन्। प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोष पोखरेलले जानकारी दिए।
बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यहाँ कमेन्ट गर्नुहोस्