मधेस प्रदेश : सभामुखले सदनमै बमको कुरा गरेपछि …

जनता अभियान बुधबार, फाल्गुण ०३, २०७९

संसदीय दलको कार्यालयमा अतिथि बोलाउन नदिएको भन्दै नेपाली कांग्रेसले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस संसदीय दलका सचेतक कुमारकान्त झाले संसदीय दलमा अतिथि बोलाउन दिने कि नदिने प्रष्ट नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने बताए । लगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरु उठेका थिए ।

सभामुख रामचन्द्र मण्डलले बैठक अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सचेतक झाले मर्यादापालक लगाएर गेटमा अतिथिलाई आउन नदिएको भन्दै उनले आपत्ति जनाए ।

सभामुख मण्डलले यसबारे छुट्टै छलफल गर्न सकिने बताए । प्रदेशसभा बैठकमै पनि छलफल गर्न सकिने उनले बताए । भने, ‘गेष्टलाई बोलाउन पाउने अवसर छ, तर अराजकता गर्ने, समस्या सिर्जना गर्ने, प्रदेशसभामा तोडफोड गर्नेलाई गेष्ट भन्न सकिन्न ।’

यहाँ कमेन्ट गर्नुहोस्