सरकारी वकिलको कार्यालय काठमाडौंले रवि लामिछानेविरुद्ध राहदानी कसुरमा फेरि जाहेरी लिनु नपर्ने निर्णय गरेको छ ।

युवराज पौडेल (सफल)ले गएको माघ २४ गते दायर गरेको जाहेरी प्रहरी कार्यालयले लिन अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै गरेको फैसलाको पूर्णपाठ नआएकाले उजुरी वा जाहेरी नलिने जानकारी गराइएको थियो ।प्रहरी कार्यालयको सो निर्णयविरुद्ध पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन बुझाएका थिए ।

सरकारी वकिलको कार्यालयले पहिले नै लामिछानेविरुद्ध राहदानी कसुरमा छानबिन भइरहेकाले पुनः जाहेरी लिनु नपर्ने निर्णय गरेको हो ।सर्वोच्चमा सांसद पदसम्बन्धी रिटमा सुनुवाइ हुँदा नै पौडेलले गृह मन्त्रालयमा लामिछानेविरुद्ध राहदानीसम्बन्धी विषयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अहिले प्रहरीले छानबिन गरिरहेको छ ।

330845567_842508986844609_1066869073978853177_n1676447639.jpg